![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई इलाम निर्वाचन क्षेत्र नम्बर १ मा भारी मतले जिताउन बृहत अभियान सुरु भएको छ । इलाम संघीय प्रतिनिधि शभा क्षेत्र नम्बर १ को क्षेत्रिय कमिटी बैठकले ११ सय ११ सदस्यीय चुनाव प्रचार कमिटी गठन गर्दै खनाल जिताउ अभियान सुरु गरेको हो ।

क्षेत्रिय कमिटीका उपसचिव रूपेश अर्यालका अनुसार प्रचार कमिटीमा क्षेत्रिय कमिटीका पदाधिकारी र सदस्य, नगरपालिका तथा गाउँपालिकाका पदाधिकारी र सदस्यहरु रहेका छन । यस्तै, बिभिन्न जनवर्गिय संगठनहरु (युवा संघ, किसान संगठन, बुद्धिजिवी संगठन, मजदूर संगठन, शिक्षक संगठन, अनेमासंघ ) लगायत सबै जनबर्गिय संगठनलाई बृहतरुपमा परिचालन गर्ने पनि निर्णय भएको उपसचिव अर्यालले बताउनुभयो ।
वरिष्ठ नेता खनाल आफै पनि मतदाताको घरदैलोमा पुगिरहेकाले सर्वसाधारण पनि उत्साहित देखिएका छन । उपसचिव अर्यालले भन्नुभयो, ‘वरिष्ठ नेता खनाल प्रत्येक मतदाताको घर–घरमा पुगिरहुन भएको छ । मतदाताको गुनासो र अपेक्षा सुन्नु, स्थानीय आवश्यकताबारे जानकारी लिनु, सर्वसाधारणलाई आश्वस्त तुल्याउनु उहाँको दैनिकी भएको छ । ’


