Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

मनाङ,२२ कार्तिक ।
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उमेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन् । मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवार काठमाडौंमा प्रचार गर्न गएका हुन् ।
काठमाडौंमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उमेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं पसेका हुन् । विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन् ।
काठमाडौंवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल कांग्रेस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन् ।
कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश क का चिन्तबहादुर घले र प्रदेश ख का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौंमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।
त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश क का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ । मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौं गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed