Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मत खरिद बिक्रीमा नलाग्न प्रमुख निर्वाचन आयुक्तको आग्रह, खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन

Loading

काभ्रे । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ ।

निर्वाचन आयोगले मंगलवार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो ।’

यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह पनि गर्नुभयो । उहाँले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गर्नुभयो ।

दुई दिने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिकृतको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed