Breaking News.... EverestOnlineKhabar
August 15, 2026

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली काठमाडौंमा

Loading

काठमाडौं । पछिल्लो समय नेपालमा लगानी गर्न चीनले ठूलो सक्रियता देखाएको छ । नेपालको उद्योगधन्दा, जलबिद्युतमा मात्र नभइ नेपाली भूगोल भएर भारतको बजारसम्म सडक, रेल तथा हवाइमार्ग स्थापना गर्न चीन निकै उत्सुक छ ।

यसैका लागि अहिले चीनको एक टोली केरुङ–काठमाडौं रेलमार्ग अध्ययन तथा छलफलका लागि काठमाडौं आइपुगेको छ । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उप–प्रशससक झियान जियानको नेतृत्वमा २३ सदस्यीय टोली काठमाडौं आइपुगेको हो । दुई सरकारबीच भएको सम्झौताअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको हो ।

चिनियाँ उपमन्त्रीसमेत रहेका जियान नेतृत्वको टोलीले केरुङ, पोखरा र लुम्बिनी पुगेर रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्नेछ । यो टोली मंगलबार केरुङ, बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने छ । टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायत सम्बन्धित पक्षसंग पनि छलफल गर्नेछ । छलफल नेपालमा रेलमार्ग निर्माणका लागि चीन सरकारले गर्न सक्ने सहयोग र सम्भाव्यता अध्ययनका विषयमा केन्द्रित हुनेछ ।

चीन सरकारकै चासो र नेपाल सरकारको पहलमा भएको यो भ्रमणपछि रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने या नगर्ने भन्ने तय हुने र एजेण्डा तय हुने छ । केरुङ–काठमाडौं १ सय किलोमिटर छ भने काठमाडौं–पोखरा १८७ किलोमिटर छ ।

२०७२ साल चैत ७ गतेदेखि तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वे निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed