Breaking News.... EverestOnlineKhabar
June 27, 2026

काठमाडौं ६ मा ‘हिमाल शर्मा’ लाई पन्छाएपछि प्रचण्ड आलोचित, कार्यकर्तालाई शान्त पार्न शर्मालाई धौ धौ

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम समयमा आएर पार्टीका पोलिटव्युरो सदस्य हिमाल शर्मालाई धोका दिएका छन । काठमाडौं ६ मा उम्मेदवारका लागि सर्वसम्मत सिफारिस शर्मालाई पन्छाएर अध्यक्ष प्रचण्डले झक्कु सुवेदीलाई उम्मेदवार बनाएपछि माओवादी कार्यकर्ता नै असन्तुष्ट बनेका छन ।

काठमाडौं तार्केश्वर नगरपालिकाका एक कार्यकर्ताले भने, ‘ अध्यक्ष प्रचण्डले शर्मालाई काठमाडौंको ६ को उम्मेदवार तपाई नै हो प्रचारप्रसारमा लाग्नुस भनेका थिए, हामी पनि त्यही अनुसार फिल्डमा खटिएका थियौं, तर अन्तिम समयमा धोका भयो । ’
शर्मालाई टिकट नदिएको थाहा पाउने बित्तिकै समाखुशी, तार्केश्वर लगायतका क्षेत्रमा शर्माका समर्थक आक्रोशित भएका छन । उनीहरुले केही ठाउँमा पार्टी निर्णयको बिरोध गर्दैै नाराबाजी गरेका छन । केही स्थानमा टायरसमेत बालेका छन । आफना समर्थकहरु सडकमा ओर्लिएपछि नेता शर्माले आफै प्रदर्शनस्थलमा पुगी आक्रोशित कार्यकर्तालाई शान्त पार्ने प्रयास गरेका थिए । उनले पार्टी निर्णय मान्न सबैलाई आग्रह गरे ।

नेता शर्मा माओवादी केन्द्र भित्र युद्धकालिन अवस्थादेखि नै लोकप्रिय नेता हुन । बिद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा पनि प्रभाव जमाउँदै आएका शर्मा २०७० सालबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा सक्रिय थिए । उनको त्यस क्षेत्रका प्रत्येक घरधुरीसंग व्यक्तिगत सम्बन्धसमेत स्थापित भैसकेको थियो । नेता शर्मालाई सो क्षेत्रमा पकड जमाएका एमाले सचिव योगेश भट्टराईको पनि समर्थन रहेको थियो । सचिव भट्टराई प्रतिनिधिशभा निर्वाचनका लागि ताप्लेजुङ गएपछि शर्माका लागि मैदान लगभग खाली भएको थियो । माओेवादी नेतृत्वले स्थानीय कमिटीको सिफारिस र शर्माको योगदानलाई समेत लत्याउँदै अर्को उम्मेदवार चयन गरेपछि अब सो क्षेत्रमा लोकतान्त्रिक गठवन्धन स्वतः बलियो भएको छ ।

माओवादी केन्द्रले काठमाडौँ–६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० हितमान शाक्यलाई उम्मेदवार तोकेको हो । त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.