Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । प्रहरीले उपभोक्तामाथि ठगी गरेको आरोपमा काठमाडौं दरबारमार्गका ९ ब्यापारीलाई पक्राउ गरेको छ । लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई उपभोक्तलाई ठग्द्यै आएका ब्यापारी पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।

उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्दा चलाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्र्पकविहीन भएका थिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.