Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एएस रोमाद्वारा चेल्सी पराजित, ४ वर्षपछि म्यान्चेस्टर युनाईटेड अन्तिम १६ मा

Loading

एजेन्सी,१५ कार्तिक ।
ईटालीको रोममा भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई ३–० ले पराजित गर्‍यो ।रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको एफ.के काराबागले १–१ गोलको बराबरी खेलेका छन् ।
च्याम्पियन्स लिगअन्तर्गगत समुह ए को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले पोर्चुगलको बेनिफिकालाई २–० ले हराउँदा रुसको सि.एस.के.ए मस्कोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।
च्याम्पियन्स लिग समूह डि का दुवै खेल बराबरीमा टुंगिएका छन् । स्पेनको बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्दा ईटालीको युभेन्टस्ले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । च्याम्पियन्स लिग फुटबलअन्तर्गगत समुह ई देखि एचसम्मका आठ खेल आज राति हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.