Breaking News.... EverestOnlineKhabar
October 1, 2026

च्याम्पियन्स लिगः डिफेन्डरले गरे पहिलोपटक ह्याट्रिक, पिएसजीको शानदार जित

Loading

एजेन्सी,१५ कार्तिक ।
फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेनले शानदार जित निकालेर अन्तिम १६ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा पिएसजीले आरएससी एन्डरलेक्टलाई ५–० ले हराएको हो । पिएसजीको जितमा लेविन कर्जावाले ह्याट्रिक गरे ।
यस्तै नेइमार र मार्को वेराटीले एक एक गोल गरे । वेराटीले ३० औं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा नेइमारले गोल गरेपछि पिएसजीले २–० को अग्रता लियो । दोस्रो हाफमा पिएसजीका कर्जावा चम्किए । उनले ५२, ७२ र ७८ औं मिनेटमा गरी ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् । अहिलेसम्म भएका सबै चार खेल जितेको पिएसजीको १२ अंक भएको छ । उसले दुई खेल बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
यस्तै राति नै भएको खेलमा सेल्टिकलाई २–१ ले हराएको जर्मन क्लब बार्यन म्युनिख पनि अन्तिम १६ मा पुगेको छ । समूह बी अन्तर्गतकै खेलमा अवे मैदानमा भएको खेलमा बार्यनलाई जिताउन किंग्सली कोम्यानले २२ औं तथा जावी मार्टिनेजले ७७ औं मिनेटमा गोल गरे । सेल्टिकका लागि ७४ औं मिनेटमा कोलम म्याकग्रेगोरले एक गोल गरे । जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको बार्यनको चार खेलबाट ९ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed