![]()
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने भएको छ ।
सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्न दिएको आदेश अनुसार आयोग यस्तो निर्णयमा पुगेको हो ।
निर्वाचन आयोगले एउटै पानामा प्रतिनिधि सभाको माथि र प्रदेश सभाको तल हुनेगरि दुई छाप लगाउन एउटै मतपत्र छाप्ने तयारी गरेको थियो । तर राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले मतपत्र एउटै छाप्ने आयोगको तयारी विरुद्ध मानहानीको मुद्दा सर्वोच्चमा दायर गरेका थिए । शुक्लाको मुद्दामा गत कात्तिक ८ गते सर्वोच्चले तीन दिन भित्र मतपत्र छपाईको प्रगति विवरण बुझाउन आदेश जारी गरेको थियो ।
आयोगले सोमबार प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने सम्बन्धी निर्णय सर्वोच्चमा पेश गर्ने तयारी गरेको छ ।


