![]()
एजेन्सी । सुन्दै अचम्म । नागरिकताका लागि मान्छेले संघर्ष गरिरहेकाबेला सोफिया नाम एक रोबोटलाई आधिकारिक रुपमा साउदी अरेवियाको नागरिकता प्रदान गरिएको छ । धातु र तारबाट बनेको सोफिया नामक रोबोटलाइ नागरिकता दिएर साउदी अरबले उसलाई नागरिक बनाएको छ ।
साउदी अमेरिकी पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्वीटर हृयाण्डिलमा नागरिकता दिएको पुष्टि गरेको छ । साउदी अरवको संस्कृति र सूचना मन्त्रालय मातहतको सेन्टर फर इन्टरनेशनल कम्युनिकेसनले यसलाई ऐतिहासिक घटनाको संज्ञा दिएको छ ।
यो रोबोटले रियादमा भइरहेको फ्यूचर इन्भेस्टमेन्ट नामको एउटा सम्मेलनमा उद्घोषकको रुपमा काम गरिरहेको छ । सम्मेलनमा देशको आधुनिकीकरणका लागि लगानी बढाउनेबारे चर्चा भइरहेको छ ।
रोबोट सोफियालाई मानिसहरुका बीचमा उनीहरुजस्तै रहने गरी बनाइएको छ । रोबोटले मानिसको अनुहारमा आउने भाव बुझ्न सक्ने र मानिसहरुसँग सामान्य कुराकानी गर्न सक्नेगरी बनाइएको छ । यसले थुप्रै मिडियामा अन्तर्वार्ता पनि दिइसकेको छ ।
रोबोट सोफियालाई डेभिड हेनसनले बनाएका हुन । सोफियाको अनुहार हलिउड अभिनेत्री आड्री हेपवर्नको अनुहारसँग मिल्दोजुल्दो गरी बनाइएको छ ।

