![]()
काठमाडौं । दलहरुले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याएका छन । निर्वाचन आयोगले प्रदान गरेको आइतबारको समय उपयोग गर्दै दलहरुले असोज २९ गते बुझाएको सूचीलाई अन्तिम रुप दिएका हुन ।
समानुपातिकको प्रारम्भिक नामलाई लिएर दलहरुभित्र असन्तुष्टि बढेपछि दलहरु सूची सच्चाउन बाध्य भएका हुन् । निर्वाचन आयोगले दलहरुलाई आइतबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मका लागि संशोधन गर्न समय दिइएको थियो । दलहरुले बुझाएको सूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबारसम्म निवेदन दिनुपर्नेे छ ।
आयोगले कात्तिक १७ गते समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गर्नेछ । दाबी विरोधको छानबिन सकेर मंसिर ३ गते आयोगले समानुतिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ


