Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अमेरिकी कुटनीतिज्ञमाथि आक्रमण भएको छैन : क्युवा

Loading

बिबिसि । क्युबाले हवानास्थित अमेरिकी दूतावासका कर्मचारीमाथि ध्वनि आक्रमण नभएको भन्दै द्वीपक्षीय ‘सम्बन्ध बिगार्ने उद्देश्यले’ त्यस्तो आरोप लगाइएको जनाएको छ ।

क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले आक्रमणसम्बन्धी आरोपहरु ‘पूर्णतः झुटा’ भएको दाबी गरे । त्यस्ता आक्रमणपछि आफ्ना करिब दुई दर्जन कर्मचारीमा स्वास्थ्य समस्या देखिएको अमेरिकाले बताउँदै आएको छ । आक्रमणका घटनापछि अमेरिकाले हवानास्थित दूतावासका कर्मचारी कटौती गरी फिर्ता बोलाइसकेको छ ।

अमेरिकाले एकप्रकारको ध्वनि आक्रमणमा परेर आफ्ना कर्मचारीहरु बिरामी परेको बताउने गरे पनि त्यो अझै प्रमाणित हुन सकेको छैन । वाशिङटनले आक्रमणका लागि हवानामाथि आरोप नलगाए पनि क्युबाली यसअघि पनि त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो । आफ्ना कूटनीतिज्ञलाई हवानाले सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले हालै १५ जना क्युबाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।
क्युबाले अमेरिकी कदम ‘अनुपयुक्त’ भएको प्रतिक्रिया दिएको थियो । दूतावासका कर्मचारीहरु आक्रमणमा परेपछि अमेरिकाले हवानाबाट भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।

अमेरिकामा बस्दै आएका क्युबालीहरुको एउटा बैठकलाई वाशिङटनमा सम्बोधन गर्दै विदेशमन्त्री रोड्रिगुएजले क्युबामाथिको आरोपले ‘दुई देश र सरकारहरुबीचको सम्बन्धमा समस्या निम्त्याएको’ बताए ।  उनले भने, “यो क्युबाली सरकारको दृष्टिकोणबाट र सरकारहरुबीचको मतभेदका कारण प्रभावित हुने मान्छेहरुका लागि अस्वीकार्य र अनैतिक छ ।“

ध्वनि आक्रमणमा परेकाहरुमा मानसिक समस्या र श्रवण क्षमतामा समस्या देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed