![]()
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले स्वविवेकीय अधिकार प्रयोग गरि सर्वोच्च अदालतमा जवाफ पठाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
निर्वाचन आयोगमा आइतबार भएको छलफलमा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको पछिल्लो आदेश पश्चात मतपत्रका विषयमा स्वविवेकीय अधिकार प्रयोग गर्न सुझाएको हो । आयोगका पदाधिकारीसंग भएको छलफलमा नायब महान्यायाधिवक्ता किरण पौडेलले सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएका सन्र्दभमा आयोगको निर्णयका आधारमा नै लिखित जवाफ दिन सुझाव दिनुभयो ।
आयोगले दुईवटा मतपत्र छपाई नगरेर अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा सर्वोच्चले कारण देखाउ आदेशसहित मतपत्रमा भएको प्रगति तीन दिन भित्र पेश गर्न आदेश दिएको थियो । अदालतले पठाएको पत्रका विषयमा आयोगले नायब महान्यायाधिवक्ता पौडेलसंग जिज्ञासा राखेको हो ।


