Breaking News.... EverestOnlineKhabar
June 27, 2026

परमाणु शक्ति सम्पन्न उत्तर कोरिया सधैं अस्वीकार्य : अमेरिका

Loading

बिबिसि । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका छन् ।

सोलमा दक्षिण कोरियाका अधिकारीहरुसँगको भेटवार्तापछि जनरल म्याटिसले प्योङपाङका परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमले उसको सुरक्षालाई बलियो नभई कमजोर तुल्याउने दाबी गरे । उनले उत्तर कोरियाली संकटको वाशिङटनले कूटनीतिक हल खोजिरहेको पनि जानकारी दिए ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्वर मिलाउँदै म्याटिसले अमेरिका वा उसका साझेदार मुलुकविरुद्ध पारमाणु अस्त्रको प्रयोग गरिए त्यसको ’व्यापक रुपमा’ र ’कडा’ सैनिक जवाफ दिइने चेतावनी पनि दिए ।

एक हप्ताअघि मात्रै एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताएकी थिइन् । प्योङयाङको परमाणु अस्त्र कार्यक्रमबारे वार्ता गर्न नसकिने बताउँदै उनले भनेकी थिइन, “कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति यो एकमात्र विकल्प हो । “

उत्तर कोरियाले यसअघि नै अमेरिकाको जुनसुकै स्थान आफ्नो क्षेप्यास्त्रको पहुँचमा रहेको बताइसकेको छ । उत्तर कोरियाली अधिकारीहरुले “परमाणु अस्त्र उत्तर कोरियाका लागि जीवन र मृत्युको विषय“ भएको बताउँदै आएका छन् । यसै वर्षको शुरुदेखि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणमा तीव्रता दिएपछि प्योङयाङविरुद्धको आर्थिक प्रतिबन्ध पनि बढाइंदै लगिएको छ ।

सुरक्षा परिषद् र अमेरिका लगायतका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । हालैका महिनामा उत्तर कोरियाले छैटौं पारमाणविक परीक्षण गरेर र जापानी आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिका र जापानसहितका मुलुकहरु उत्तर कोरियासँग क्रुद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.