![]()
बिबिसि । फिफाले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ । यो रकम सन् २०१४ को तुलनामा १२ प्रतिशतले बढी हो ।
ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरिएको थियो । विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो भने उप–विजेता अर्जेन्टिनाले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए । विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।
बैठकले सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म गर्ने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सक्ने पनि निर्णय गरेको छ ।


