Breaking News.... EverestOnlineKhabar
August 14, 2026

स्पेनद्वारा क्याटलन सरकारमाथि नियन्त्रण

Loading

बिबिसि । स्पेन सरकारले क्याटलोनियाको स्वतन्त्र अधिकारहरु आफ्नो हातमा लिंदै त्यहाँको सरकारमाथि नियन्त्रण गरेको छ । शुक्रबार क्याटलोनियाको क्षेत्रीय संसद्ले स्वतन्त्रताको घोषणा गरेलगत्तै मड्रिडले पछिल्लो कदम चालेको हो ।

एक औपचारिक सरकारी घोषणामा क्याटलान नेताहरुलाई बर्खास्त गरिएको र क्याटलोनियाको नियन्त्रण स्पेनकी उपप्रधानमन्त्री सोराया साइन्ज दे सन्तामारियालाई दिइएको जनाइएको छ ।

त्यसअघि स्पेनको आन्तरिक मन्त्रालयले क्याटलोनियाको प्रहरीका उच्च अधिकारीहरुलाई बर्खास्त गर्दै प्रहरी संगठनलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

शुक्रबार स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले क्षेत्रीय संसद् भंग गर्दै क्याटलान नेताहरुलाई हटाइएको र समय अगावै चुनाव गर्ने घोषणा गरेका छन् । त्यसलगत्तै स्वतन्त्रताको पक्ष र विपक्षमा रातीसम्मै प्रदर्शनहरु भएका थिए ।

मड्रिडमा चाहिँ स्पेनी एकता र संविधानको लागि प्रदर्शन हुने कार्यक्रम छ । बार्सिलोनास्थित पृथकतावादीहरुले कुनै प्रदर्शनको आयोजना गरिसकेका छैनन् । क्याटलोनियाको एकपक्षीय देखिने स्वतन्त्र गणराज्य अन्तर्राष्ट्रिय समर्थन पाउन विफल देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed