Breaking News.... EverestOnlineKhabar
June 25, 2026

स्पेनिस कप फुटबलःरियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित

Loading

एजेन्सी,१० कार्तिक ।
स्पेसिन कप फुटबलअन्तर्गत चौथो चरणका खेलहरुमा रियाल मड्रिड, लास पाल्मास र रियाल सोसिडाड विजयी भएका छन् ।
उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २–० ले जित्यो ।
रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् ।
खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ ।
स्पेनिस कपकै अन्य खेलहरुमा रियाल सोसीडाड, लास पाल्मास र लेभान्ते पनि विजयी भएका छन् । बार्सीलोनाले भने यसअघि नैं रियाल मुर्सीयालाई ३–० ले हराँउदै उपाधि यात्रा सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed