Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बामगठवन्धनलाई भारतले सहज रुपमा लिएको छ : पूर्वराजदूत उपाध्याय

Loading

काठमाडौं । भारतका लागि नेपाली पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालमा अहिले देखिएको वाम गठबन्धनलाई भारतले सहज रूपमा लिएको दावी गरेका छन । मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार पूर्वराजदूत उपाध्यायले वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै भएकाले यसमा भारतले थप शंका नगरेको जानकारी दिए ।

राजदूतबाट राजीनामा दिइ नेपाली कांग्रेसकोतर्फबाट चुनाव लडन नेपाल आएका उपाध्यायले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको पनि जानकारी गराए ।

उपाध्यायले भने, ‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन ।’

उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजीनामा अन्तिम–अन्तिम अवस्थामा स्वीकृत भएकोले तत्काल राजदूत नियुक्त हुन नसक्ने अवस्था भएपनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed