![]()
मकवानपुर । उपप्रधानमन्त्री कमल थापाले कुलेखानी तेस्रो जलविद्युत परियोजना समय सीमाभित्र सक्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन । भैसेको सानुटारमा रहेको परियोजनास्थलको निरीक्षण गर्दै मन्त्री थापाले परियोजना तोकिएको समयभित्र सक्न सबैलाई आ–आफ्नो ठाउँबाट सामूहिक प्रयास गर्न आग्रह गरे । उनले निर्माण कार्यको ढिलासुस्तीप्रति प्रश्न गर्दै परियोजनाको आवश्यकता र महत्व बुझी तीव्रताकासाथ काम गर्न निर्देशन दिए ।
लोडसेडिङको पीडाबाट सधैँको लागि मुक्त हुनको लागि यो परियोजना चाँडै सम्पन्न हुनुपर्ने उपप्रधानमन्त्री थापाको भनाई थियो । परियोजना सम्पन्न गर्न के समस्याहरू छन् ,त्यो समाधान गर्न आफ्नो कुनै भूमिका भए आफू तयार रहेको समेत उनले बताए ।
उपप्रधानमन्त्री थापाले विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा विद्युत चुहावटलाई नियन्त्रण गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले उर्जा मन्त्रालयका सचिव र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सँगै कर्मचारीको प्रशंसा गरेका थिए ।


