![]()
बिबिसि । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव अघि बढाइसकेको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान गरिएको छ । क्याटालानलाई दिएका के–कति अधिकारहरु फिर्ता लिने भन्नेबारेमा स्पेनको संसदमा छलफल हुनेछ ।
स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी गरेका छन । साथै, त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको छ ।
उता, क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ । स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले एकदिन अघि नै बैठक बोलाएको हो ।


