![]()
काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालले तराई मधेशका बिपन्न र दलित समुदायलाई खाद्य सामग्री सहयोग गरेका छन ।
नायक हमालले तराई मधेशमा छठको रौनक छाएकाबेला सर्लाहीका बिपन्न र दलित समुदायलाई सहयोग गरेका हुन ।
नायक हमाल आफनो निजी खर्चमा आफना हेयर डिजाइनर राम ठाकुर र सर्लाहीका नविन यादवको पहलमा खाद्यान्नसहित सर्लाही पुगेका थिए । हमालले स्थानीय बिनङग्रा र धनकौल गाउँका १७० भन्दा बढी परिवारलाई राहत सामग्री बितरण गरेका हुन । प्रत्येक घरलाई उनले एक बोरा चामल, दाल र तेल बितरण गरेका थिए ।
नायक हमाल राहत सामग्रीसहित सर्लाही पुगेपछि स्थानीयवासीले बाजागाजासहित उनको भव्य स्वागत गरेका थिए । हमालले सर्वसाधारणको छठ राम्रो होस भनेर आफूले सहयोग गरेको प्रतिक्रिया दिए । नायक हमालले तराई डुबानमा परेकाबेला समेत राहत आफनो निजी खर्चमा राहत सामग्री बितरण गरेका थिए ।










