Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुनेमा प्रधानमन्त्री देउवा बिश्वस्त

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलेसंघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको र अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिशभा निर्वाचनमा पनि जनता उत्साहित हुने बिश्वास व्यक्त गर्नुभएको परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको डा भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्रीले स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनले उल्लेख्य महिला नेतृत्वको चयन हुने विषयमा समेत राजदूत टेप्लिजलाई बताएको भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिएकी थिइन । एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed