![]()
बिबिसि । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनपिङको बिचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको छ ।
संविधानमा जिनपिङलाई चीनका पहिलो कम्युनिष्ट नेता तथा संस्थापक माओत्से तुंङ बराबरको स्थान दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति बनेपछि उनको चीनको सत्तामा पकड लगातार मजबुत बन्दै गएको छ ।

संविधानमा ‘शी जिनपिङ वाद ’ लेख्ने पक्षमा सर्वसम्मतिभएसंगै जिनपिङ सर्वाधिक शक्तिशाली नेता बनेका छन ।
बेईजिङमा बन्द सभाहलमा आयोजित दुई हजारभन्दा बढी प्रतिनिधि सहभागि सम्मेलनले यो निर्णय गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन अक्टोबर १८ मा सुरु भएको थियो । सम्मेलनको सुरुवात मै जिनपिङले तीन घण्टा लामो भाषण दिएका थिए । भाषणमा उनले ‘नयाँ युगमा चिनियाँ प्रतिभाहरुका साथ समाजवाद’ दर्शनलाई पहिलो पटक पेश गरेका थिए । उक्त दर्शनमा पार्टी सम्मेलनमा राखिएपछि पार्टीका शीर्ष अधिकारी र सञ्चार माध्यमका तर्फबाट लगातार यसको प्रशंशा गरिएको थियो । दर्शनलाई ‘सी जिनपिङ सोच’ भनिन लागिएसँगै जिनपिङले पार्टीमा गहिरो छाप बनाएको संकेतका रुपमा हेरिएको थियो ।
यसअघि पनि कम्युनिष्ट पार्टीका नेताहरुका आ–आफ्ना बिचार थिए । तर माओत्से तुङबाहेक कसैको पनि विचार संविधानमा दर्शनका रुपमा समावेश गरिएको थिएन । माओत्से तुङ र देंङ जियाओपिङको विचार मात्रै पार्टी संविधानमा समावेश गरिएको छ । अव चीनमा बालबालिका, क्याम्पसमा अध्ययनरत छात्र–छात्रा, सरकारी कर्मचारी गरेर ९ करोड कम्युनिष्ट पार्टीका सदस्यले ‘सी जिनपिङ सोच’ पढ्नेछन् । कम्युनिष्ट पार्टीले यस नयाँ युगलाई आधुनिक चीनको तेस्रो चरणको संज्ञा दिएका छन् ।
पहिलो चरण संस्थापक अध्यक्ष माओको थियो । जसले गृहयुद्धमा फसेको चीनलाई निकास दिन नागरिकहरुलाई एकत्रित गरेका थिए । दोस्रो चरण देंग जियाओपिङको रह्यो । उनको शासनकालमा चीन अझ एकजुट बनेको थियो । जियाओपिङले चीनलाई अनुशासित र विदेशमा मजबुत बनाएका थिए ।
अब तेस्रो युग जिनपिङको सुरु भएको छ । जिनपिङको नाम पार्टी संविधानमा समावेश गरिएको छ ।


