Breaking News.... EverestOnlineKhabar
June 19, 2026

रोनाल्डो बर्ष खेलाडी, जिदान उत्कृष्ट प्रशिक्षक

Loading

बिबिसि । रियल मड्रिडका पोर्चुगीस् स्टाईकर क्रिष्टियानो रोनाल्डोले यो बर्षको फिफा उत्कृष्ट पुरुष खेलाडिको अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टाईकर लियोनल मेसी र पेरिस सेन्ट जर्मेनका ब्रजिलियन स्टाईकर नेयमारलाई पछि पार्दै रोनाल्डोले दोस्रो पटक फिफा बर्ष खेलाडिको उपाधि हात पारेका हुन् ।

गत बर्ष च्याम्पियन्स लिग र ला लिगाको उपाधि जित्दा रोनाल्डोले टोलीका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । पछिल्लो उपाधिसंगै ३२ बर्षिय रोनाल्डोले ब्यक्तिगत उपाधि संख्या मेसी बराबर र्पुयाएका छन् । उनले ३ पटक बालोन डि ओर र २ पटक फिफा बर्ष खेलाडि गरी उपाधि संख्या ५ र्पुयाएका हुन् ।

त्यस्तै फिफाले उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड रियलकै प्रशिक्षक जिनेदान जिदानेलाई प्रदान गरेको छ । महिला खेलाडिको अवार्ड भने बार्सिलोनाकी लिके मार्टिन्सले जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed