Breaking News.... EverestOnlineKhabar
August 14, 2026

जिम्मेवारी खोसिएका माओवादी मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी, महरा र शर्मा गएनन

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिना विभागीय बनाउँदै जिम्मेवारी खोसेका माओवादी मन्त्रीहरू मन्त्रिपरिषद बैठकमा भने सहभागी भएका छन् ।

माओवादी मन्त्रीहरू टेकबहादुर बस्नेत, प्रभु शाह र सन्तकुमार थारु मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् । कृष्णबहादुर महरा र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका जनार्दन शर्मा भने मन्त्रिपरिषद बैठकमा सहभागी भएनन ।

सरकारमा हाल माओवादीका ९ मन्त्री रहेका छन् । गत असोज ३१ गते सरकारबाट बाहिरिने तयारी गरेपनि अन्तिम समयमा माओवादी मन्त्रीहरू चुनाव सार्ने चलखेल भएको भन्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।

माओवादी मन्त्रीहरू बिना विभागीय बनाइएपछि सिंहदरबार भने जाने गरेका छैनन् । तर मन्त्रिपरिषद् बैठकमा भने आज तीन मन्त्री सहभागी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed