Breaking News.... EverestOnlineKhabar
August 14, 2026

 जापानमा प्रधानमन्त्री सिन्जोको पक्षमा दुइ तिहाई बहुमत, अब संविधान संशोधन गर्ने

Loading

बिबिसि । जापानमा सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ ।

जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार प्राप्त भएको थियो । प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ ।
त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ । यो यहाँको संसदको दुई तिहाई बहुमत हो ।
जापानी र अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको दल र उनको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन् ।

दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित भएका छन ।

प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गरेको बताइएको थियो ।

उनले अघि बढाएको नयाँ आर्थिक मोडेल ‘आबेनोमिक्स’ लाई अझै दह्रोगरी अघि बढाउने उनको योजनालाई यो दुई तिहाई बहुमतले अब सहज बनाउने अपेक्षा गरिएको छ ।

यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गरेका थिए । ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed