Breaking News.... EverestOnlineKhabar
June 19, 2026

५०औं राष्ट्रिय कराँते प्रतियोगितालाई सम्झना लेब्रोटरी क्लिनिकले प्रायोजन गर्ने

Loading

काठमाडौं । नेपाल कराँते महासंघले आयोजना गर्ने ५०औं राष्ट्रिय कराँते प्रतियोगितालाई सम्झना लेब्रोटरी क्लिनिक प्रालिले प्रमुख प्रायोजन गर्ने भएको छ । कात्तिक २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे नेपाल कराँते महासंघ र सम्झना लेब्रोटरी क्लिनिक प्रालिले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार तीनदिने प्रतियोगिता आयोजनाका लागि सम्झना लेब्रोटरीले आयोजकलाई करबाहेक ८ लाख ५० हजार रुपैयाँ नगद र अरु सहयोग गरी करिब १५ लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ ।

प्रतियोगितामा महिलाका ७ तौल समूह र पुरुषका ८ तौल समूह तथा दुवैतर्फ एकल र टिम काताको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरिने आयोजक नेपाल कराँते महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed