![]()
भोजपुर । नेकपा एमालेका लोकप्रिय युवा नेता शेरधन राई राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली छवि भएका नेता हुन । पार्टी र सरकारमा रहँदा संचारमन्त्री एवम सरकारको प्रवक्ताको भूमिकामा खरो उत्रिन सफल राई यतिबेला प्रदेशशभा सदस्यको निर्वाचनमा होमिएका छन ।
राष्ट्रिय राजनीतिमा प्रभाव जमाइसकेका नेता राई केन्द्रमा नभई प्रदेशशभा निर्वाचनमा किन लागे त ? सबैको चासोलाई सम्बोधन गर्दै राई भन्छन, ‘ मेरो उम्मेदवारी आगामी प्रदेश सरकारको नेतृत्व सम्हाल्ने गरी प्रदेश नं १ को भावी मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा नेकपा (एमाले) को तर्फबाट आफुलाई प्रस्तुत गर्नेगरी भएको कुरा सबैमा अवगत गराउँछु । ’
नेता राईले आफूलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिसकेका छन । प्रदेश नम्बर १ का जनताको दवाव र प्रेरणापछि नेता राईले केन्द्र छोडी प्रदेशमा चुनाव लडने निर्णय गरेका हुन ।
नेता राई भन्छन, ‘ प्रतिष्प्रर्धात्मक क्षमताका आधारमा एक नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउँछु । अन्य प्रदेशसंग समन्वय कायम गरी सिंगो मुलुकलाई छिटो धनी सुखी र सम्पन्न बनाउने एकमात्र सपना र अभिष्ट पूरा गर्न मेरो उम्मेदवारी हो । ’
२०७४ मंसीर १० गते हुन गैरहेको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेक्रममा राईसंगै समर्थकहरुको घुँइचो लागेको थियो ।


