Breaking News.... EverestOnlineKhabar
June 19, 2026

१०५ बर्ष पुरानो टाइटानिक पत्र १ लाख २६ हजार डलरमा विक्री

Loading

बिबिसि । ब्रिटिश पानीजहाज टाइटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व कीर्तिमानी मूल्यमा लिलामीमार्फत विक्री भएको छ । टाइटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १ लाख २६ हजार डलरमा विक्री भएको हो ।

उनले उक्त पत्र टाइटानिक डुब्नु अघिल्लो दिन सन् १९१२ एप्रिल १३ मा लेखेका हुनाले त्यो एकदमै मन पराइएको थियो । यो मात्रै एउटा त्यस्तो पत्र हो जुन एट्लान्टिक महासागरमा पुगेर पनि जोगिएको थियो ।

आमालाई पत्र
समुद्री पानीको दाग लागेको पत्र ब्रिटिश खरिदकर्तालाई विक्री गरिएको हो जसले लिलामीमार्फत पत्र किन्न फोनबाट निवेदन दिएका थिए । लिलामकर्ता एन्ड्र्यु अलड्रिजले ती अज्ञात खरिदकर्तालाई “इतिहासको एउटा महत्वपूरण सामाग्री बटुलेको मान्छे’ भनेका छन् । सफल व्यापारी होल्भरसनले टाइटानिकमा श्रीमती मेरीसँग यात्रा गरिरहँदा उक्त पत्र आफ्नी आमालाई लेखेका थिए ।

होल्भरसन दम्पती न्यूयोर्कस्थित आफ्नो घर जाने योजनासहित साउथयाम्पटनबाट पानीजहाज चढेका थिए । उक्त पत्रमा होल्भरसन आफ्नो वरपरको दृश्यहरुबाट निकै आश्चर्यचकित भएको जस्तो देखिन्छ । उनले लेखेका छन, “पानीजहाज व्यापक ठूलो छ र यो एउटा आलिशन होटल जसरी बनाइएको छ ।“

वाक्य विन्यासमा विशेष दख्खल भएका उनले त्यतिबेला विश्वका धनी मानिस जन ज्याकब एस्टोरलाई उनकी श्रीमतीसँग देखेको पनि पत्रमा उल्लेख गरेका छन् । उनले लेखेका छन, “उनीसँग लाखौं रकम भएपनि उनी अन्य मानिस सरह देखिन्छन् । उनीहरु हामी लगायत अरुसँग छतमा रहेको एउटै बेञ्चमा बसे ।“ उक्त पत्रको ’न्यूनतम मुल्य’ ६० हजार देखि ८० हजार पाउण्डसम्म थियो ।

लिलामीमा विक्री हुनुअघि बोल्दै एल्ड्रिजले भने, “त्यो चिट्ठी लगभग खाली भए पनि कागजको प्रकृति र यसमा भएका चिह्नहरु र इतिहासका कारणले यो मन पराइएको सामाग्रीमा पर्छ ।“ २० वर्षदेखि टाइटानिक स्मृति चिह्नको लिलामीमा संलग्न उनले उक्त पत्रमा लेखिएको मिति, एट्लान्टिक महासागरमा खसेर पनि जोगिएको कुराले त्यसलाई अर्को तहमा र्पुयाएको बताए ।

भविष्यवाणी
पत्रमा भविष्यवाणी गरिएजस्तो होल्भरसनले लेखेको एउटा हरफ कहिल्यै सत्य हुन सकेन । जसमा उनले लेखेका थिए, “यदि सबै ठिकठाक भयो भने हामी बुधवार बिहान न्यूयोर्क पुग्छौँ ।“

टाइटानिक डुबेपछि ओस्कार होल्भरसन, जन ज्याकब एस्टोरसहित १५ सयभन्दा बढी यात्रुको मृत्यु भएको थियो । तर उक्त घटनामा ओस्करकी श्रीमती मेरी होल्भरसन चाहिँ बाँच्न सफल भइन् । उनका श्रीमानको शव निकालिएपछि उनको खल्तीमा राखिने सानो किताबबाट उक्त पत्र फेला परेको थियो । पत्रमा अझै पनि समुद्री पानीको दाग र ह्वाइट स्टार समुद्री परिवहनको चिह्न छ । आमालाई लेखिएको पत्र अन्त्यमा उनीसम्म पुग्न भने सफल भयो ।

’उत्साह’
एल्ड्रिजले भनेका छन, “सम्भवतः पानीजहाजमा रहेका व्यक्तिले लेखेको यो एउटा पत्रमात्रै आफन्तसम्म पुग्यो ।“
होल्भरसनलाई न्यूयोकस्थित वुडलन चिहानस्थलमा गाडिएको थियो । उनले लेखेको तर प्रेषित नगरिएको पत्रले १ सय ५ वर्षपछि यतिधेरै चासोहरु जन्माउलान् भन्ने कसलाई थाहा थियो र ?

एल्ड्रिजले टाइटानिकको चाबीको झुप्पो ८५ हजार पाउण्डमा र पानीजहाज डुबिरहँदा बजाइएको भाएलन ११ लाख पाउण्डमा लिलामी गरेका छन् । उनले आफू पनि उक्त पत्र हेर्न निकै उत्साही भएको बताए ।

उनले भने, “टाइटानिकबाट प्राप्त यो एउटा एकदमै महत्वपूर्ण सामाग्री लिलामीको प्रस्ताव हो र यसले पानीजहाज र त्यसका यात्रुहरुप्रतिको चासो कति धेरै छ भन्ने देखाउँछ ।“

शनिवारको लिलामीमा समेटिएको अर्को सामाग्री भनेको टाइटानिकको पहिलो श्रेणीको चाबीको झुप्पा हो जसको मूल्य ७६ हजार पाउण्ड पाइएको छ ।

टाइटानिकको कतै प्रकाशित नभएका दुईवटा फोटो यसअघि २४ हजार पाउण्डमा बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed