Breaking News.... EverestOnlineKhabar
June 19, 2026

काठमाडौंमा तरकारीको मूल्यमा मनोमानी, उपभोक्ता ठगिन बाध्य

Loading

काठमाडौं । काठमाडौंमा चाडवाडसंगै महङ्गिएको तरकारीको भाउ अझै सस्तिएको छैन । बिभिन्न बाहनामा तरकारीको मूल्य बढाइएको छ । यतिसम्मकी पसलैपिच्छे तरकारीको भाउ फरक–फरक छ । नियमित अनुगमन गरी बजार नियन्त्रण गर्ने सरकारी निकाय मौन छ ।
तरकारी बिक्रेतका अनुसार माग अनुसारको आपूर्ति नभएपछि तरकारीको मुल्य बढेको हो । दशै र तिहारको बीचमा तरकारी आपूर्तिमा कमि आएपछि राजधानी काठमाडौमा तरकारीको मूल्य आकासिएको उनीहरु बताउँछन ।

काठमाडौको कालिमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा पनि तरकारी आउन कम भएको छ ।
दैनिक उपभोगमा आउने आलु, प्याज, टमार, काउली लगायत तरकारीको मुल्य दशै अघिको तुलनामा दोब्बर भएको छ । दशै अगाडि ढकको ४ सय रुपैयामा पाईने काउलीको अहिले थोकमुल्य ८ सय रुपैयाँ पुगेको छ । त्यसैगरी २ सय रुपैयाँ प्रति ढकको लौका अहिले ३ सय ५० पुगेको छ । दशंै अगाडि एक सय ५० प्रति ढकमा पाईने टमाटर अहिले ४ सय ५० देखि ५ सय रुपैयाँ पुगेको छ ।

तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमि आउनु, सिजन अनुसार मागको बैज्ञानिक विश्लेषण गरि उत्पादनमा वृद्धि गर्न नसक्नु तथा उपभोक्ताको विकल्पका रुपमा बजारमा तरकारी प्रसस्त आउन नसकेकाले मुल्य बढेको तरकारी व्यवसायी बताउँछन । त्यस्तै चाडवाड मनाउन सबै व्यस्त भएपछि कामदारको अभावमा कृषकको बारीबाट बजारसम्म तरकारी आउन नसकेकाले पनि मुल्य प्रभावित भएको बिश्लेषण गरिएको छ ।

तरकारीको मुल्यमा कमि आउन झण्डै ५ महिना लाग्ने तरकारी व्यवसायी बताउँछन् । काठमाडौंमा सर्लाही, चितवन, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोक, भक्तपुर लगायत स्थानबाट तरकारी आउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed