Breaking News.... EverestOnlineKhabar
October 2, 2026

मुख्यसचिवमा रेग्मी, पुनर्निर्माण प्राधिकरणमा भुषाल, महत्वपूर्ण केही सचिवहरुको सरुवा

Loading

काठमाडौं । मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण कात्तिक ७ गतेदेखि अनिवार्य अवकाश पाउने भएपछि रेग्मीलाई मुख्यसचिवमा बढुवा गरिएको हो । मुख्यसचिवको दौडमा ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि थिए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओमा पूर्वसचिव युवराज भुषालाई नियुक्त गरेको छ । भुषाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका शम्धी हुन ।

बैठकले केही सचिवहरुको सरुवा गरेको छ । लोकदर्शन रेग्मी मुख्यसचिव भएपछि गृह मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई लगिएको छ । शंकरप्रसाद अधिकारीलाई अर्थ, ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोग, रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन, युवकध्वज जीसीलाई वन, मधु रेग्मीलाई शिक्षा र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed