Breaking News.... EverestOnlineKhabar
October 2, 2026

नारायणकाजी भन्छन : बाबुराम आफनै प्रवृतिले ‘आउट’, भट्टराई बिचलित भए

Loading

गोरखा । आउँदो प्रतिनिधिशभा निर्वाचनका लागि गोरखाको क्षेत्र नम्बर २ निकै चर्चामा छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई दुवैले सोही क्षेत्रबाट उम्मेदवारी दिएपछि अहिले सबैको ध्यान त्यहीं पुगेको छ । श्रेष्ठले बामगठवन्धनकातर्फबाट उम्मेदवारी दिएका हुन भने भट्टराईलाई लोकतान्त्रिक गठवन्धनले सहयोग गर्ने भएको छ ।

चुनावी अभियानकैक्रममा गोरखा पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराई आफ्नै प्रवृतिका कारण वाम गठवन्धनबाट बाहिरिएको स्पष्ट पारेका छन । उनले आफनो वा बामगठवन्धनको कारण नभई भट्टराई आफनै प्रवृतिले टिक्न नसकेको बताएका हुन ।

भट्टराईले सोमबार नै गोरखामा पत्रकार सम्मेलन गरी एमाले र माओवादीले सत्ताको लोभ देखाएकाले आफू गठवन्धनबाट बाहिरिएको बताएका थिए ।

नेता श्रेष्ठले भने, बाबुरामले माओवादी पार्टीमा धेरै समय रहेर भूमिका खेले, त्यसपछि नयाँ शक्ति बनाए, उपेन्द्र यादवको पार्टीसँग तालमेल गरे, हुँदाहुँदा मसालसम्म पनि पुगे, पहिले वाम गठवन्धन अहिले फेरि कांग्रेससँग तालमेल गरे, उनको प्रवृति यहीँबाट प्रष्ट हुन्छ ।’
नेता श्रेष्ठले बामगठवन्धनले मुलुकमा स्थिर सरकारको बाटो खोल्ने र त्यसले मुलुकको विकास गर्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed