Breaking News.... EverestOnlineKhabar
October 2, 2026

गोरखा २ मा नारायणकाजी र बाबुराम भिडने निश्चित

Loading

गोरखा । बहुचर्चित गोरखाको क्षेत्र नम्बर २ मा बामगठवन्धनकातर्फबाट माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठवन्धनकातर्फबाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई भिडने निश्चित भएको छ ।

आइतबार दुवै नेताले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि उनीहरुबीच भिडन्त हुने पक्का भएको हो । गोरखाका माओवादी नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पञ्चेबाजासहित पुगेका थिए ।

डा. भट्टराई नेपाली कांग्रेससँग गठवन्धन गरेर उम्मेदवार बनेका हुन् । गोरखामा हेभिवेटका श्रेष्ठ र भट्टराई उम्मेदवार बनेकाले पहिलो चरणको निर्वाचनमा सर्वाधिक चासोको क्षेत्र बनेको छ ।

माओवादीले प्रदेशसभा तर्फ गोरखा १ (क) मा लेखबहादुर थापा ‘जीवन्त’, गोरखा २ (क)मा कमला नहर्की ‘सपना’ र (ख) मा अमर तमुलाई उठाएको छ । वाम गठबन्धनअनुसार गोरखा १ (ख)मा एमालेका रामशरण बस्नेत उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed