Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सलमान कट्रिनासंग नजिकिएपछि युलियासंग ‘ब्रेकअप’

Loading

एजेन्सी । भारतीय फिल्म जगतका हस्ती सलमान खान पर्दा र पर्दा बाहिरको दुवै दुुनियाँमा उत्तिकै चर्चित व्यक्ति हुन । पर्दाभा अभिनय र पर्दा बाहिर बिशेषगरी प्रेम प्रसंगलाई लिएर उनको चर्चा हुने गर्दछ । भारतीय फिल्म नगरीका एक से एक नायिकासंग नाम जोडिएका नायक खान उनीहरुसंगको प्रेम बियोगले पनि उत्तिकै तडपिने गरेका छन ।

केही समय अगाडि मात्र सलमानसँग ब्रेकअप गरेकी कट्रिना सलमानको जीवनमा फेरी भित्रिएकी छन् । यसअघि सलमान यूलिया वंतूरसँग प्रेममा रहेको चर्चा थियो । उनीहरु सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिने गरेका थिए । उनीहरुको सम्बन्धलाई लिएर बलिउड मिडियाले थुप्रै खबर बनाउँदै आएका छन ।

तर,अहिले सलमान पूर्व प्रेमिका कट्रिना कैफसँग धेरै समय विताउन थालेका छन् । भारतीय संचार माध्यमका अनुसार सलमानले यूलियालाई सधैंको लागि छाडिदिएका छन् ।

यूलियाको भारतको भिसा सकिएको र उनी रोमानिया फर्किसकेकी छन ्। यूलियाले भिसा थप्न पनि सक्थिन् तर उनले भिसा नथपि घर गएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।यो सबको कारण कट्रिना र सलमानको बढ्दो नजिकपन र सँगै धेरै समय विताउनुलाई बताइएको छ । खबर अनुसार यूलिया र कट्रिनाबीच केही विषयलाई लिएर मनमुटाव भएको थियो । सलमानले पनि कट्रिनालाई बढी समय दिने र उनकै सर्पोटमा बोल्ने भएपछि यूलियाले सलमानसँग दुरी बढाउन थालेकी थिइन ।

रणवीर कपूरसँग ब्रेकअपपछि सलमानले कट्रिनासँग झन् निकटता बढाएका छन् । उनीहरुले हालै फिल्म ‘टाइगर जिन्दा है’ शुटिङ गरेका छन । सलमानले नै कट्रिनालाई बलिउडमा स्थापित गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed