Breaking News.... EverestOnlineKhabar
August 15, 2026

निर्वाचन चिन्ह अंकित कुनैपनि सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन, अन्यथा कडा कारवाही

Loading

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारमा निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरू प्रयोग गर्न रोक लगाएको छ ।

आइतबार बिज्ञप्ती जारी गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन आयोगले राजनीतिक दल तथा उमेदवारले निर्वाचन प्रचार–प्रसारमा प्रयोग गर्ने गरी यस्ता सामाग्री उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको हो ।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय/ जिल्ला निर्वाचन अधिकारीलाई यस्ता सामग्रीको प्रयोगमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

आयोगको आदेश विपरित निर्वाचन प्रचारप्रसारमा उपरोक्त सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अबैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारवाही गर्न समेत आयोगले निर्देशन दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed