Breaking News.... EverestOnlineKhabar
October 2, 2026

चेक गणतन्त्रमा अर्बपति एन्ड्रे प्रधानमन्त्री बन्ने निश्चित

Loading

बिबिसि । चेक गणतन्त्रमा सम्पन्न आमनिर्वाचनमा लोकप्रियतावादी अर्बपति उम्मेदवार एन्ड्रे बाबिसको दल विजयी भएको छ । ६३ वर्षीय बाबिस चेक गणतन्त्रकै दोस्रो ठूलो धनी व्यक्ति हुन् । युरोपेली संघप्रति शंका राख्ने बाबिसले संस्थापनविरुद्ध चुनावी अभियान चलाएका थिए । सबै मत गणना भइसक्दा बाबिसको एएनओ पार्टीले करिब ३० प्रतिशत मत हासिल गरेको छ जुन प्रतिद्वन्द्वी दलले ल्याएको मतभन्दा तीन गुणा बढी हो ।

मध्य दक्षिणपन्थी सिभिक डेमोक्रेट्स र पाइरेट्स पार्टीले दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । पाइरेट्स पार्टीले २२ सीटसहित पहिलो पटक संसद्मा प्रवेश पाउनेछ । करिब ६१ प्रतिशत मतदाताले चुनावमा सहभागिता जनाएका थिए । अन्य दलसँग गठबन्धन गरेर बाबिस प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

अनुमानित चार अर्ब डलर बराबरको सम्पत्तिका मालिक बाबिसले खानेकुराको उत्पादन र सञ्चारमाध्यम लगायतका क्षेत्रमा लगानी गरेको बताइन्छ । यद्यपि धोकाधडी गरेको र कम्युनिष्ट शासनका बेला प्रहरीका लागि काम गरेको लगायतका उनीमाथि कैयौँ आरोप छन् । उनले युरोपेली संघभित्र चेक गणतन्त्रलाई राखिराख्ने भए पनि एउटै मुद्रा चलाउने युरोजोन समूहमा नलाग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed