Breaking News.... EverestOnlineKhabar
August 17, 2026

राष्ट्रपति सी जिनपिङबिरुद्ध षडयन्त्र गर्न खोज्ने एक उच्च कम्युनिष्ट नेता जेल चलान

Loading

बिबिसि । चीनका एक वरिष्ठ अधिकारीले कम्युनिष्ट पार्टीको उच्च ओहदामा बसेका केही सदस्यले राष्ट्रपति शी जिनपिङको हातबाट सत्ताको बागडोर खोस्ने षड्यन्त्र गरेको दाबी गरेका छन् ।

भ्रष्टाचार विरुद्ध चलाइएको राष्ट्रपति जिनपिङको अभियानपछि षयन्त्रमा लागेका ती सदस्यहरुलाई पक्राउ गरिएको र कारागार चलान गरिएको छ । घट्नालाई नजिकबाट नियाली रहेकाहरुले राष्ट्रपति जिनपिङका प्रतिद्वन्द्वीहरुलाई हटाउनु नै भ्रष्टाचार विरोधी अभियानको मूख्य उद्देश्य रहेको बताएका छन् । ती अधिकारीको पछिल्लो दाबीले कम्युनिष्ट पार्टीको छवीमाथि प्रश्न खडा गरेको छ ।

गत बिहीबार चीनको सुरक्षा परिषद्का प्रमुख लियु शीयूले पार्टीका ६ जना वरिष्ठ सदस्यहरुको नाम लिँदै उनीहरुलाई अत्यन्तै लोभी र भ्रष्ट छवी भएका सदस्य बताएका थिए । उनीहरुले पार्टीको शीर्ष नेतृत्वलाई पन्छाउँदै सत्ता कब्जाको षड्यन्त्र रचेको दाबी गरे ।

उनले सार्वजनिक गरेको सूचीमा पूर्व सुरक्षा प्रमुख चाझाऊ, नेता बो शीलाई, पोलिट्व्यूरो सदस्य सन जेंगचाई, राष्ट्रपतिका पूर्व सहयोगि लिंङ जीहुआ, दिवंगत जनरल शू त्साइहो र पूर्व सैन्य अधिकारी गुओ बाँशीयुग रहेका छन ।

बेईजिङमा जारी कम्युनिष्ट पार्टीको सम्मेलनमा सुरक्षा प्रमुख लियुले राष्ट्रपति जिनपिङले पछिल्लो समस्याको समाधान गरेर पार्टी र देशलाई ठूलो खतराबाट जोगाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.