![]()
एजेन्सी । थाइल्याण्डमा आयोजना भएको सातौं तीरक तेक्वान्दो अन्तराष्ट्रिय च्याम्पियनसिपमा नेपालले तीन स्वर्णसहित ११ पदक प्राप्त गरेको छ । नेपालले ३ स्वर्णसहित ४ रजत र ४ कास्य पदक प्राप्त गरेको हो ।
थाइल्याण्ड र नेपालसहित २० राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा मदन विकले पुम्सेतर्फ स्वर्ण हात पारेका थिए । यस्तै क्योरोगी तर्फ संजय पुन र सुनिता तामाङ्गले स्वर्ण हात पारे । फाईनलमा नेपाली खेलाडीहरुले थाईल्याण्ड, भारत र ईण्डोनेसियाका खेलाडीहरुलाई पराजित गरेका थिए ।
यस्तै संजय पुनले पुम्से तर्फ रजत र क्योरोगी तर्फ शुक्र बिक, विवेक विक र रोशन नेपालीले रतज पदक प्राप्त गर्न सफल भए । क्योरोगीतर्फ विनिता घिमिरे, मदन विक र करण कोईराला तथा पुम्से तर्फ विवेक विकले कास्य पदक प्राप्त गरे ।


