Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहानहुँदा ४ जना घाइते भएका छन । बेलौरी बजारबाट चार किलोमिटर पूर्व दक्षिणमा पर्ने गोकुलपुरमा दुई समूहबीच खुकुरी हानाहान भएको हो । स्थानीय एक पुल हाउसमा सामान्य विवाद चर्किदा खुकुरी हानाहान भएको हो । घटनामा बेलौरीका सुरेश खड्का, पुष्प कुँवर, सुरेन्द्र शाही र सुदीप खड्का घाइते भएका छन् ।

घाइते मध्ये सुरेशलाई काठमाडौं, पुष्प र सुरेन्द्रलाई कोहलपुरमा उपचारका लागि ल्याइएको छ । सामान्य घाइते सुदीपलाई सेती अञ्चल अस्पतालमा उपचारपछि घर पठाएको छ ।

खुकुरी हान्ने समूह फारार रहेकाले झगडाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.