![]()
बिबिसि । ३० वर्ष यता उड्ने प्रजातिका कीराको संख्या ठूलो परिमाणमा घटेको एक अध्ययनले देखाएको छ । जर्मनीका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार पुतली, मौरीसहित विभिन्न प्रजातिका उड्ने किराहरुको संख्यामा ७५ प्रतिशत कमि आएको छ ।
कीराहरुले परागसेचन प्रकियामा महत्वपूर्ण भूमिका खेल्छन् र उनीहरु चराहरुको आहाराका प्रमुख श्रोत हुन् । जर्मनीका ६३ वटा प्रकृति संरक्षण केन्द्रमा सन् १९८९ देखी २७ वर्षसम्म गरिएको अध्ययनले किराको संख्या ठूलो परिमाणमा घटेको देखाएको हो ।
वैज्ञानिकहरुले सबै प्रकारका वासस्थान, जमीन र मौसम भएका क्षेत्रमा किराको संख्या घटेको भन्दै त्यस्को कारण पत्ता लगाउन थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन् । संख्यामा आएको गिरावटका कारण किराका कारण लाग्ने रोगका विरामी घट्यो या घटेन भनेर पनि अध्ययन गरिनुपर्ने अनुसन्धानकर्ताको भनाई छ ।


