![]()
एजेन्सी । ईङलीस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा ब्राइटन एण्ड होभ एल्बियन बिजयी भएको छ । जारी प्रतियोगीतामा तेस्रो जित निकाल्ने क्रममा वेष्ट ह्याम युनाईटेडलाई ३–० ले पराजित गर्दै ब्राइटन तालिकाको १० औं स्थानमा उक्लिएको हो ।
पहिलो पटक प्रिमियर लिग खेलिरहेको उसले अधिकांश समय वेष्ट ह्यामको दबाब खेपेपनि गोल गर्ने मौका भने खेर फालेन् । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो ।
घरेलु मैदानमा ब्योहोरेको पछिल्लो हारसंगै बेष्टह्याम तालिकाको १७ औ स्थानमा झरेको छ । लिग अन्र्तगत शनिवार राती ७ खेल हुनेछन् । शनिवार चेल्सी र वाटफोर्ट, म्यानचेष्टर युनाईटेड र हर्डसफिल्ड टाउन, म्यानचेष्टर सिटी र बर्नली तथा न्यु क्यासल युनाईटेड र क्रिष्टल प्यालेस बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै स्टोक सिटि र बर्नमाउथ, स्वान्सी र लेष्टर सिटि तथा वेष्ट ब्रोम र साउथ हेम्प्टनपनि शनिवार राती आमनेसामने हुनेछन् ।


