Breaking News.... EverestOnlineKhabar
June 25, 2026

श्रीलंकाबिरुद्ध पाकिस्तानको ४–० अग्रता

Loading

एजेन्सी । श्रीलंकाबिरुद्धको चौथो वन डे क्रिकेट पाकिस्तानले जितेको छ । चौथो एक दिवसिय क्रिकेटमा श्रीलंकालाई ७ विकेटले हराउदै पाकिस्तानले ५ म्याचको वन डे सिरिजमा ४–० को अग्रता बनाएको हो ।

१ सय ७४ रनको सामान्य चुनौती पाकिस्तानले ६६ वल अगाबै ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानको जितमा बाबर अजाम र सोयव मल्लिक दुबैले अबिजित समान ६९ रन को योगदान गरे । यसअघि सारजाहामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३ दशमलब ४ ओभरमा १ सय ७३ रनमा समेटिएको थियो । लाहिरु थिरिमानेले ६२ रन बनाएको श्रीलंकन ईनिङसमा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । श्रीलंकाका ५ ब्याटस्म्यानले दोहोरो अंकको स्कोर छुन नसकि पभेलियन फर्के । उसलाई कम स्कोरमा रोक्न हसन अलीले ३ तथा ईमाद वासिम र सदाब खानले समान २ विकेट लिए ।

पाँचौ तथा अन्तिम वन डे सोमबार सारजाहामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed