Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पूर्वराजा शाहद्वारा बहिनी शोभाको हातबाट भाइटीका ग्रहण, मुलकको लागि जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको शाहको भनाई

Loading

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको लागि जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको बताउनु भएको छ ।
कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका ग्रहण गरिसकेपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै पूर्वराजा शाहले मुलुकको राजनीति साह्ै बिग्रिएको टिप्पणी गर्दै जनताले चाहे जिम्मवारी लिन र नेतृत्व दिन तयार रहेको बताउनुभयो । उहाँले मुलुकलाई नेतृत्व दिने अहिले उचित समय भएको पनि धारणा राख्नुभयो ।

पूर्वराजा शाहले यसो भन्दा आफूलाई सक्रिय भएको आरोप लाग्न सक्ने भन्दै मुलुक र जनताका लागि आफूले बोल्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

पूर्व राजा शाहले विहान १०ः४५ मा बाहिनी शोभाको हातबाट टीका लगाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed