Breaking News.... EverestOnlineKhabar
June 24, 2026

लक्ष्मीपूजाको दिन एकसाथ नाचे उद्योगमन्त्री थापा र ऋषि धमला

Loading

काठमाडौं । उद्योमन्त्री सुनिल बहादुर थापा पत्रकार ऋषि धमलासंग देउसी भैलोमा छमछमी नाचेका छन् । रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको देउसी भैलो कार्यक्रममा उनी छमछमी नाचेका हुन् ।

सो अवसरमा मन्त्री थापाले लोकतान्त्रिक गठबन्धनको मजबुत सरकार भएकाले यसलाई सफल बनाउनुपर्ने बताए ।
राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका थापाले वाम र लोकतान्त्रिक ध्रुविकरणले स्थायी सरकारको अवस्था आउने भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष संविधान निर्माण गर्ने बाचा गरेर भोट मागेको स्मरण गराउँदै थापाले भने, ‘संविधान दिए, अब आर्थिक विकासका लागि काम गर्नुपर्नेछ ।’

पूर्वाधार र केन्द्रका हिसाबले उपयुक्त मानिएको धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने आफ्नो अभियान भएकाले त्यसलाई साकार रुप दिनका लागि जनताले मत दिने विश्वास थापाको छ ।

चुनाव हुँदैन भनेर अफवाह फैल्याइएको प्रति असन्तुष्टी जनाउँदै थापाले तोकिएकै मितिमा चुनाव हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed