Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मोरङमा मिनेन्द्रले गराए ३ सय जनालाई कांग्रेसमा प्रवेश

Loading

मोरङ । नेपाली काँग्रेसका नेता तथा संसदीय वोर्डका सदस्य डा. मिनेन्द्र रिजालले एमाले, माओवादी र फोरमका ३ सय नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा मिनेन्द्रले ठूलो संख्यामा पार्टी प्रवेश गराएका हुन् ।

डा. रिजाल मोरङ २ बाट चुनाव उठ्ने भएपछि उनी त्यस क्षेत्रमा सक्रिय भएर लागेका छन । संसदीय वोर्डमा मनोनित भएपछि पहिलोपटक मोरङ पुगेका रिजाललाई कार्यकर्ताहरुले विराटनगर एयरपोर्टदेखि स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed