Breaking News.... EverestOnlineKhabar
June 24, 2026

निर्धक्कसँग चुनावको काममा खट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको सुझाव, सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधि शभा निर्वाचनको काममा निर्धक्क भएर लाग्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा निर्वाचन गर्न आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिनुभएको थियो ।

असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश भएको सो अवसरमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री देउवालाई अवगत गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed