Breaking News.... EverestOnlineKhabar
June 24, 2026

दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय मोडलिङ अवार्डमा नेपालकी सिमरन खड्काले प्रतिष्पर्धा गर्ने

Loading

काठमाडौं । २० देखि २४ अक्टुबरसम्म दक्षिण कोरियाको सियोलमा आयोजना हुने अन्तरर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकोतर्फबाट सिम्रन खड्का सहभागी हुने भएकी छन ।

सो प्रतियोगितामा २५ देशका ४५ मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ की फष्ट रनरअप हुन् ।

अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित प्रस्तुति देखाउने तयारी गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed