![]()
एजेन्सी । स्मार्टफोन कम्पनी जेड टी इ ले पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन अमेरिकामा सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ ।
यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।
यी फरक फरक स्क्रिनलाई पूर्णरुपमा तन्काएर एउटै ठूलो स्क्रिन बनाउन सकिन्छ । जसमा ट्याबलेट जस्तो भिडियो तथा गेमिङको मज्जा लिन सकिन्छ ।
जेड टी इ मोबाइल डिभाइसका सिइओ लिक्सिन चेंग भन्छन् : Axon M ले एक विल्कुल नयाँ क्याटेगोरी खडा गरेको छ जसमा फोल्डेबल स्मार्टफोन हुनेछ । जेड टी इ यसमा सबैभन्दा अगाडि रहन पूरा मेहेनत गर्नेछ ।
कम्पनीले चीन, युरोप र जापनमा यो मोडेल बेच्नेछ ।


