Breaking News.... EverestOnlineKhabar
June 24, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु

Loading

बेइजिङ,१ कार्तिक ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्नेछ ।
चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ । एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सी चिनफिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed