Breaking News.... EverestOnlineKhabar
June 24, 2026

च्याम्पियन्स लिगमा लिभरपुलको कीर्तिमानी जित

Loading

एजेन्सी,१ कार्तिक ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ई अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे ।

योसँगै लिभरपुल युरोपियन कपको इतिहासमा अवे मैदानमा ठूलो गोल अन्तरको जित निकाल्ने पहिलो इंग्लिस टिम बनेको छ । यसअघि यो कीर्तिमान लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडको नाममा थियो । लिड्स युनाइटेडले सन् १९६९ को अक्टोबरमा नर्वेको क्लब लिनलाई ६–० ले हराएको थियो । यस्तै सन् १९५७ को सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडले आइरिस क्लब शाम्रोक रोवर्सलाई ६–० ले अवे मैदानमा रहाएको थियो ।
कीर्तिमानी जितपछि लिभरपुल तीन खेलबाट पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यहि समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिल्ला रुसी क्लब स्पार्टक मस्कोसँग ५–१ ले पराजित भयो । मस्कोको पनि समान पाँच अंक नै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed